विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स’ - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Friday, February 23, 2018

विश्वकप छनोटमा नेपालको लक्ष्य ‘सुपर सिक्स’

विश्वकप छनोट खेल्न जिम्बाब्वे उड्ने तयारी गर्दै गर्दा नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ ।

दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्ड पनि खेल्नुपर्नेछ ।
प्रशिक्षक जगत टमाटाले विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्स भएको बताए । ‘विश्वकप खेल्ने सपना त छ तर, अहिले हाम्रो लक्ष्य सुपर सिक्स हो’ उनले भने ।
हरेक समूहका तीन शीर्ष टोली सुपर सिक्समा पुग्नेछन् । यदि नेपालले सुपर सिक्समा स्थान बनाउन सक्यो भने समूह एबाट आउने टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
समूह एमा वेष्टइण्डिज, आइरल्याण्ड, नेदरल्याड्स, पपुवा न्यूगिनी र यएई छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages