साझा बसको नयाँ योजनाः अब चीनमा बनेका ठूला विद्युतीय बस - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Friday, February 23, 2018

साझा बसको नयाँ योजनाः अब चीनमा बनेका ठूला विद्युतीय बस

 

सार्वजनिक यातायातमा अर्को फड्को मार्ने गरी साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो । र, अब विद्युतीय सार्वजनिक बस आयातको गृहकार्य थालेको छ ।त्यसका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालिएको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर बताउँछन् ।उनका अनुसार अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको छ । ठोस सहमति जुटेमा साझाले केही महिनाभित्रै विद्युतीय बस भित्र्याउनेछ ।‘कम्तिमा सन् २०१८भित्र हामी २/४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं । तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधर भन्छन्, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ । सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ ।’वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् । विद्युतीय बस धुवाँरहित हुने भएकाले तिनको प्रयोगबाट काठमाडौंको प्रदुषण एकतिहाइ कम हुने अध्ययनहरुले देखाएका छन् ।त्यसैले साझाले निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्ने उद्देश्यका साथ उक्त योजना अगाडि बढाएको हो । साझा यातायायातसँग अहिले काठमाडौं र ललितपुर महानगरपालिकाले सहकार्य गर्दै आएका छन् । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य विद्युतीय बसमा जान साझाले देखाएको तत्परतामा आफ्नो पनि साथ रहने बताउँछन् ।यस वर्ष मात्रै दुई महानगरले बस खरिदका लागि ६ करोड रुपैयाँ साझालाई सहयोग गरेका थिए । साझाले यस वर्ष एउटा सेमीफ्लोर बस ल्याइसकेको छ । थप २४ वटा सिटी बस खरिद प्रक्रिया थालेको छ । चार वटा डिलक्स बस भने तीन महिनाभित्रै आउँदैछन् ।ती सबै आएपछि साझासँग ७५ वटा बस पुग्नेछन् । तीमध्ये ७१ वटा काठमाडौंभित्र शहरी बसका रुपमा सञ्चालन हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।अर्को आर्थिक वर्षभित्र साझाका बस सय वटा पुर्‍याउने गरी सहयोग गर्न आफूहरु तयार रहेको काठमाडौंका मेयर शाक्य बताउँछन् । ‘हामीले शहरमा साना माइक्रोको विकल्पमा ठूला बसको प्रबर्द्धन गरिरहेका छौं । अब इलेक्ट्रिक बस गुडाउन पनि के गर्न सकिन्छ भने हेर्दैछौं,’ शाक्य भन्छन् ।प्रदुषणरहित शहरी वातावरणका लागि विद्युतीय बसलाई प्रोत्साहन महानगरको पनि योजनामा रहेको उनी बताउँछन् ।विद्युतीय बसका लागि सहुलियत ऋण उपलब्ध गराउन साझाले सरकारसँग प्रस्ताव गरेको छ । पेट्रोल र डिजेल बिक्रीमा प्रदुषण करवापत उठिरहेको रकमलाई पनि यसमा लगाउन सकिने साझाको सुझाव छ ।अहिले प्रदुषण करवापत सरकारले इन्धनमा प्रतिलिटर ५० पैसा संकलन गरिरहेको छ । त्यसवापत कबिर पाँच अर्ब रुपैयाँ सरकारी कोषमा जम्मा भइसकेको छ । खर्च भने हुन सकेको छैन ।उक्त रकमलाई सरकारले नगरपालिकाहरु मार्फत् लगानी गरेर विद्युतीय बस खरिदमा प्रोत्साहन गर्न सक्ने साझाको सुझाव छ ।अहिले भीआईपी सुविधासहितको विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्छ । शुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने वातावरणविद् तुलाधर बताउँछन् ।‘ब्याट्रीमा १२ वर्षसम्मको ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म यो बसमा ठूलो खर्च लगाएर मर्मत नै गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ । र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ ।चिनियाँ कम्पनी बीवाईडीका अधिकारीहरु काठमाडौंमा सम्भाव्यता अध्ययन गर्न नेपाल आउँदैछन् । सरकारले सहयोग गरेमा बीवाईडीसँगको सहकार्यमा ३-४ महिनाभित्रै इलेक्ट्रिक बस काठमाडौंमा चलाउन सकिने साझाको दाबी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages