मेलम्ची खानेपानीः सुरुङ निर्माण सुस्त, चैतको ‘टार्गेट’लाई चुनौती - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Friday, February 23, 2018

मेलम्ची खानेपानीः सुरुङ निर्माण सुस्त, चैतको ‘टार्गेट’लाई चुनौती

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।
ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि ६ देखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।

आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२२७ किमी सुरुङ सम्पन्न भइसकेको छ ।
सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते मध्यरातमा सम्पन्न भएको थियो ।
ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ ।
सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो ।
त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग रु सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages