किन हुन्छ सम्बन्ध बिच्छेद ? - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Wednesday, February 21, 2018

किन हुन्छ सम्बन्ध बिच्छेद ?

केही समययता हामीकहाँ सम्बन्ध विच्छेदका क्रम बढेका छन् । राम्रै घरबार गरिरहेका सेलिब्रेटी दम्पतीहरु आपसमा छुटिए । बालबच्चा हुर्काइसकेका कति दम्पतीले समेत आपसमा अलग हुने निर्णय लिए ।

सम्बन्ध विच्छेद आफैमा समधान होइन । समस्या पनि होइन । तर, यसले समस्या भने निम्त्याउँछ । जब पति-पत्नी अलग हुन्छन्, त्यसको असर उनीहरुले मात्र झेल्नुपर्दैन । यसको सबैभन्दा ठूलो असर त छोराछोरीको मनोविज्ञानमाथि पर्छ । सानैमा आमावुवाको सामिप्यता वा अभिभावकत्व गुमाएपछि बच्चाहरु बिचलित हुने संभावना रहन्छ । उनीहरु अस्थिर र भयग्रस्त हुनसक्छन् । उनीहरुमा हिनताबोध पैदा हुनसक्छ ।

किन हुन्छ त सम्बन्ध बिच्छेद ?
सम्बन्ध विच्छेद हुनु अनौठो भएन । जब पति-पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरुले अलग हुने निर्णय गर्छन् । यस्ता निर्णयले उनीहरुको क्षणिक समस्याको गाँठो फुकाइदिन्छ ।
खासमा दम्पती भनेको एकअर्काको आड भरोसा हुन् । एकअर्काको दुखसुखका साझेदार हुन् । एकअर्काका प्रेम र विश्वासका आधारस्तम्भ हुन् । दम्पतीबीचको यहि प्रेम, विश्वास, भरोसा, आत्मियता, समझदारी आदिले सम्बन्ध टिकाउ हुन्छ । मिठासपूर्ण हुन्छ ।
पति र पत्नीबीच सम्बन्ध सुमधुर र दिगो भयो भने नै उनीहरुको गृहस्थी जीवन सुखमय बित्ने हो । त्यती मात्र होइन्, उनीहरुका छोराछोरी, शाखा-सन्तान, इष्टमित्र, समाजको आपसी सम्बन्ध बलियो बन्ने हो । हाम्रो शास्त्रहरुमा लेखिएको छ, पति र पत्नी समझदार हुनु । विश्वासको वातावरण कायम रहनु । सन्तान सुख मिल्नु आफैमा ठूलो उपलब्धि हो ।
जब सम्बन्धमा चिसोपन आउँछ
तर, कहिले काहिँ दम्पतीबीचको सम्बन्ध त्यती सुमधुर हुँदैन, जति हुनुपथ्र्यो । पती वा पत्नीबीच कतिपय कुरामा तालमेल मिल्दैन । मत मिल्दैन । एकसाथ बस्दा पारिवारिक लय मिल्दैन, आपसमा मनमुटाव हुन्छ, अविश्वास बढ्छ, झैझगडा हुन्छ यसले दाम्पत्य जीवनलाई धराप पारिदिन्छ ।
यस्ता विभिन्न किसिमको समस्याले घेरा हालेपछि सम्बन्ध विच्छेदको अवस्थासम्म ल्याइपुर्‍याउँछ । यस्तो अवस्थामा आइपुगेपछि ‘सँगै जिउने, सँगै मर्ने’ बाचा गरेर जोडिएका दम्पतीहरु अलग हुन्छन् । उनीहरुको प्रेम टुट्छ । भौतिक दुरी बढ्छ । यसले के गर्छ भने, दुबैको गृहस्थी जीवनमा नराम्ररी ठेस लाग्छ ।
सम्बन्ध विच्छेदको साइड इफेक्ट
किनभने सम्बन्ध विच्छेद गरिसकेपछि पुन जीवनलाई व्यवस्थित गराउन समय लाग्छ । समाजमा स्थापित हुन गाह्रो हुन्छ । अर्कोतिर त्यसको सबैभन्दा ठूलो झट्का छोराछोरीले व्यहोर्नुपर्छ । अबोध छोराछोरीले बिना कसुर सजाय झेल्नुपर्छ ।
आमा बुवा नै अलग भएपछि उनीहरुले अभिभावकत्व गुमाउँछन् । आमा बुवाको माया पाउँदैनन् । साथीभाईको अगाडि मुख लुकाउनुपर्ने वाध्यता हुन्छ । सम्बन्ध विच्छेदको साइट इफेक्ट धेरै छ ।
जब सम्बन्ध बिच्छेद हुन्छ, त्यसको नकारात्मक प्रभाव रहन्छ ।
१. पती-पत्नीको जीवनको लय बिग्रन्छ । एकअर्कालको साथ र सहयोग छुट्छ ।
२. मानसिक आघात पुग्छ । सम्बन्ध बिच्छेद भइसके लगत्तै समाजमा आफुलाई पुर्नस्थापित गराउन गाह्रो हुन्छ । तनावग्रस्त अवस्थामा दिनहरु गुजार्नुपर्छ ।
३. पुन अर्को दाम्पत्य जीवन सुरु गर्नका लागि धेरै झन्झट र अप्ठ्याराहरु आइलाग्छन् ।
४. आर्थिक रुपले विभाजित हुनुपर्दा निकै समस्या झेल्नुपर्छ । अभाव र गरिबीको सामना गर्नुपर्ने हुनसक्छ ।
५. आफ्ना छोराछोरी, आफ्ना परिवार, आफन्त, नातेदार आदिले सास्ती व्यहोर्नुपर्छ । अझ छोराछोरीको हकमा त उनीहरु चरम मानसिक पीडाबाट गुज्रनुपर्छ ।
६. छोराछोरीले अभिभावकत्व गुमाउँछन् । अभिभावकको संरक्षण, माया, स्नेह गुमाउँछन् ।
७. छोराछोरी भयग्रस्त, चिन्ताग्रस्त हुन्छन् ।
८. छोराछोरीमा हिनताबोध पैदा हुन्छ, जसको कारण उनीहरुमा आपराधिक मनोवृत्ति समेत मौलाउने भय हुन्छ ।
९. सम्बन्ध बिच्छेद गरिसकेपछि फेरी नयाँ दाम्पत्य जीवन सुरु गर्न वा अलग्गै स्थापित हुन समय लाग्छ ।
१०. साथीभाई, आफन्त आदिको अगाडि शीर निहुरिन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages