इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Thursday, February 22, 2018

इम्बोष्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले यातायात व्यवस्था विभागलाई इम्बोष्ड नम्बर प्लेट जडान गर्ने कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । प्रदेशको नामाङकन नभई यातायातका साधनमा विभागले प्रदेश एक, दुई भन्दै नयाँ नम्बर प्लेट जडान गर्दै आएको थियो । 


प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले इम्बोष्ड नम्बर प्लेट जडान गर्ने विषयमा सरकारका नाममा कारण देखाउ आदेश समेत दिएको छ । वातावरणकर्मी भरत बस्नेतले इम्बोष्ड नम्बर प्लेटमा प्रयोग हुने चिप्सले मुलुकको सुरक्षा व्यवस्था जोखिममा पर्न सक्ने भन्दै तत्काल रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो । अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ । हालसम्म विभागले १ हजार ७  सय वटा सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान गरिसकेको छ । इम्बोष्डका लागि थप ५ हजार सवारी धनीले निवेदन दिएका छन् । मुलुक संघीयतामा प्रवेश गरेसँगै विभागले पुरानो नम्बर प्लेट बिस्थापित गर्दै प्रदेश नम्बर र अञ्चलको नाम सहित अंग्रेजी अक्षर उल्लेख नम्बर प्लेट दर्ता सुरु गरेको थियो ।   

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages