विद्यार्थीको पढाइमा सोसल मिडियाको असर कति ? - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Thursday, February 22, 2018

विद्यार्थीको पढाइमा सोसल मिडियाको असर कति ?

धेरैजसो अभिभावकको गुनासो तथा आशंका हुने गरेको छ कि फेसबुक, टि्वटर जस्ता सोसल मिडियाका कारण उनीहरुका विद्यार्थी बालबच्चाको पढाइमा निकै नकारात्मक असर परिरहेको छ ।

तर, हालै भएको एक अनुसन्धानले अभिभावकको यस्तो चिन्ता तथा आशंकालाई खारेज गरिदिएको छ ।
जर्मनीमा गरिएको एक अनुसन्धान अनुसार स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टि्वटर जस्ता सोसल मिडिया साइटहरुको प्रयोगले विद्यार्थीहरुको शैक्षिक उन्नतिमा खासै नकारात्मक असर पादैन ।
जर्मनीको युनिभर्सिटी अफ बेमबर्गमा गरिएको अध्ययनमा सोसल मिडियाको विद्यार्थीमाथि हुने प्रभावका विषयमा अनुसन्धान गरिएको थियो ।
उक्त अनुसन्धान विश्वका ३० हजार विद्यार्थीहरुमाथि गरिएको हो । सोसल मिडियाले स्कूलको ग्रेड अर्थात् स्कुलमा रहेको विद्यार्थीको शैक्षिक स्तरमा कुनै नकारात्मक असर पारिरहेको छ कि छैन ? भन्ने विषयमा अनुसन्धान गरियो ।
शोधकर्ता क्यारोलिन मार्करका अनुसार अध्ययनका क्रममा सोसल मिडियाले विद्यार्थीको पढाईमाथि पार्ने असरका सम्बन्धमा केही विरोधाभाषी तथ्य बाहिर आएका छन् । कतिपय विद्यार्थीमा सोसल मिडियाले पढाईमा नकारात्मक असर पारेको पाइयो भने कतिपय विद्यार्थीमा सकारात्मक अनि कतिपयमा कुनै प्रत्यक्ष प्रभाव नपारेको देखियो ।
कतिपय अवस्थामा सोसल मिडिया प्रयोग गर्ने विद्यार्थीले सोसल मिडियाकै माध्यमबाट आफ्नो स्कुलका सिनियर विद्यार्थीहरुसँग सम्पर्क गरेर नजानेको कुराहरु सोध्ने र सिक्ने गर्दा उसको शैक्षिक स्तरमा सकारात्मक प्रभाव पर्ने गरेको छ । सोसल मिडिया प्रयोग गर्ने विद्यार्थीले आफ्नो पढाईमा कम समय दिन्छ नै भन्ने पनि नरहेको शोधकर्ता बताउँछन् । यद्यपि आवश्यकता भन्दा धेरै सोसल मिडियाको प्रयोगले विद्यार्थीको पढाईमा केही न केही असर भने पार्ने उनीहरुको ठहर छ । तथापि त्यस्तो असर निकै नगन्य हुने गरेको छ ।
यद्यपि अर्को एउटा गम्भीर तथ्य के फेला परेको छ भने कम्प्युटर तथा मोबाइल् फोनमा कम समय बिताउने विद्यार्थीहरु यस्ता ग्याजेट तथा सोसल मिडियामा धेरै समय बिताउने विद्यार्थीभन्दा धेरै खुसी रहने गर्दछन् । शोधकर्ताहरुले विद्यार्थीहरुका लागि सोसल मिडिया प्रयोग गर्ने समय दिनमा २ घण्टा भन्दा बढि हुन नहुने पनि सुझाव दिएका छन् । 

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages