माओवादी केन्द्रका तीन नेतामाथि कारवाही - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Thursday, February 22, 2018

माओवादी केन्द्रका तीन नेतामाथि कारवाही

माओवादी केन्द्रले आफ्ना तीन नेताहरुलाई पार्टीबाट हटाएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको हो ।

माओवादी बैठकले तीन नेता ‘पार्टीमा नरहेको’ सार्वजनिक घोषणा गर्ने निर्णय गरेको हो । उनीहरुमाथि कुनै आग्रह नराख्ने तर पार्टी एकता प्रक्रियामा सहभागी नभएकाले पार्टीमा नरहेको विज्ञप्ति जारी गर्ने निर्णय भएको माओवादी केन्द्रका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
माओवादीले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेलगत्तै तीन नेताले एकताको विरोध गर्दै माओवादी केन्द्र पुनगर्ठनको घोषणा गरेका थिए । साथै पछिल्लो समय तीनै नेताहरु बैद्य माओवादी र विप्लव समूहले गरेको संयुक्त कार्यक्रममा समेत उपस्थित भएका थिए ।
पूर्वमन्त्रीसमेत रहेका विष्टले केही पहिले नै माओवादी छाडेको बताएका थिए भने आहुतिले पछिल्लो समय माओवादी आफ्नो पार्टी नभएको र प्रचण्ड आफ्नो नेता नभएको अभिव्यक्ति दिएका थिए । किराती भने माओवादीमै थिए ।
फागुन ७ मा एमाले माओवादीबीच सहमत भएसँगै किरातीकै नेतृत्वमा माओवादी केन्द्र पुनगर्ठनको निर्णय भएको थियो ।
प्रचण्डको विश्लेषणः वाम एकतामा दायाँ-वायाँ खतरा
प्रचण्डनिवास खुमलटारमा विहीबार बसेको माओवादी शीर्षनेताहरुको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण सुनाएका थिए ।
यसक्रममा प्रचण्डले पार्टी एकताका क्रममा एमालेको जबजमा माओवादी गएको हैन भन्ने सन्देश कार्यकर्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् । माओवादीले एमालेको जबज मान्यो भनेर उग्र वामपन्थी कोणबाट गलत प्रचार भएको भन्दै प्रचण्डले यस्तो भ्रम चिर्न आवश्यक रहेको बैठकमा बताए ।
दुई पार्टीवीचको एकताले नयाँ राजनीतिक कोर्षको सुरुवात भएको र गत चुनावमा नेपाली जनताले कम्युनिष्टहरु मिल्न दिएको जनादेशलाई अनुमोदन गरिएको प्रचण्डको विश्लेषण थियो ।
तर, एमाले र माओवादीवीचको एकतालाई टुंगोमा पुग्न नदिने उग्रवादीहरुले चलखेल गर्ने खतरा रहेको भन्दै प्रचण्डले विप्लव माओवादीतर्फ संकेत गरे ।
यो वाम एकताको महत्व देशभिमात्रै नरहेर विश्वभर रहेकाले वाम एकतालाई भाँड्न विदेशी साम्राज्यवादी र दक्षिणचपन्थी शक्तिले पनि प्रयास गर्न सक्ने खतरा रहेको प्रचण्डले आफ्ना नेताहरुलाई बताए ।
प्रचण्डले औंल्याएको दायाँ र वायाँ दुबैतिरबाट एकतामाथि आक्रमण हुन सक्ने सम्भावनालाई विशेष ध्यान दिँदै एकताको ७ बुँदे आधारको स्वागत गर्ने विहीबार बैठकले निर्णय गरेको बैठक पछि माओवादीका एक नेताले अनलाइनखबरलाई बताए ।
काठमाडौंमा अगुवा कार्यकर्ता भेला
यसैवीच विहीबारको माओवादी बैठकले पार्टी एकताबारे देखिएका अस्पष्टता एवं भ्रमहरु चिर्नका लागि काठमाडौंमा अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ । सो अगुवा कार्यकर्ता भेलामा सातै प्रदेशका अगुवा नेता कार्यकर्ता सहभागी गराइने बताइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages