विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, १५ औं सदस्य बने ललित - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Sunday, February 18, 2018

विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, १५ औं सदस्य बने ललित

७ फागुन, काठमाडौं । विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
स्पिनर ललित नारायण राजवंशीले पनि राष्ट्रिय टोलीमा अटाएका छन् । यसअघि डिभिजन टुमा उनी वैकल्पिक खेलाडी थिए । उनी राष्ट्रिय टोलीका १५ औं सदस्य बनेका छन् ।

यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ । विनोदसहित सिद्धान्त लोहनी, सुनिल धमला र किशोर महतो पनि वैकल्पिकमा परेका छन् ।
मार्च १ देखि १५ सम्म जिम्बाब्बेमा विश्वकप छनोट खेल हुनेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने छ । ८ मार्चमा स्कटल्याण्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग नेपाल खेल्ने छ । प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ ।
छनोटको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages