प्रजातन्त्र दिवस मनाइयो, टुँडिखेलमा विशेष समारोह (फोटो फिचर) - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Monday, February 19, 2018

प्रजातन्त्र दिवस मनाइयो, टुँडिखेलमा विशेष समारोह (फोटो फिचर)


७ फागुन, काठमाडौं । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए ।
सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि गरेको थियो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मार्चपास गरिएको थियो ।
उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ-आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताए ।
उनले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत् ‘सुःखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति तथा कार्यक्रमबाट नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उदघोष पनि गरे ।
प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवम् हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अव मुलुकको कार्यदिशा हुनेसमेत स्पष्ट पारे ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले आ-आफना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरुवात भइसकेको पनि बताए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages