दाह्री खौरिदा विचार पुर्‍याउनुपर्ने ५ कुरा - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Wednesday, February 21, 2018

दाह्री खौरिदा विचार पुर्‍याउनुपर्ने ५ कुरा

त्यसो त आजकालका युवाहरुमा दाह्री पाल्ने फेसन छ । तर, पनि क्लीन सेभ गरेर सफा अनुहार बनाउन चाहनेहरु पनि उत्तिकै छन् ।
यदि तपाईं पनि क्लीन सेभको पक्षपाति हुनुहुन्छ र आफैं दाह्री खौरिने गर्नुभएको छ भने तपाईंले केही नियमको पालना गर्नुपर्ने हुन्छ । अन्यथा एलर्जी भएर अनुहारमा खटिरा निस्किन सक्छ भने छालामा अन्य विभिन्न समस्या देखिन सक्छ । यहाँ हामी तपाईंलाई सही तरिकाले सेभिङ गर्न केही टिप्सहरु दिँदैछौं ।

अनुहार राम्ररी धुने
सेभिङ गर्नुभन्दा अगाडि अनुहार राम्ररी धुनु आवश्यक छ । यसका लागि मनतातो पानी प्रयोग गर्नुभयो भने दाह्री बनाउन जलन कम हुन्छ । मनतातो पानीले दाह्री भिजाउँदा सेभिङ सजिलो र स्मुथ हुन्छ । यसका अलावा मनतातो पानीले अनुहारको तैलियपन निस्केर जान्छ र छालाका मरेका कोषहरु पनि सफा हुन्छन् । यदि सेभ गर्दा धेयै चहर्‍याउँछ वा दाह्रीइ धेरै कडा छ भने पहिले तातो पानीमा भिजाइएको तौलियाले दाह्रीर्लाइ पाँच मिनेटसम्म मुलायम बनाउनुस ।
मुलायम ब्रस
सेभिङ गर्ने ब्रश अत्यन्त मुलायम हुनुपर्छ । ब्रश यदि कडा छ भने गालामा यसलाई दलिसकेपछि जलन र पिडा हुन सक्छ । कडा ब्रशको प्रयोगले तपाईंको गालामा डण्डीफोर आउने धेरै सम्भावना हुन्छ । साथै यसले गालाको छाला ताछेर अनेक प्रकारको इन्फेक्सन पनि हुन सक्छ । केही व्यक्तिहरु क्रिमको ठाउँमा फोमको प्रयोग गर्छन् र यसका लागि उनीहरु हातैले फोमलाई अनुहारमा लगाउँछन् । तर, फोमलाई पनि हातले नभएर ब्रशले नै लगाउनुपर्छ किनकी हातका किटाणु र ब्याक्टेरियाले अनुहारको छालालाई नोक्सानी पुर्‍याउन सक्छ ।
गुणस्तरीय रेजर
यदि तपाईं वान टाइम रेजरको प्रयोग गर्नुहुन्छ भने रेजरमा राम्रो गुणस्तरको ब्लेड लगाउनु आवश्यक छ । यदि तपाईं कयौं पटक प्रयोग गरिने रेजर प्रयोग गर्नुुहुन्छ भने त्यसको ब्लेड खराब हुनेवित्तिकै तुरुन्तै फेरिहाल्नुपर्छ । यसका अलावा हरेक पटक दाह्री बनाउनुभन्दा अगाडि रेजरलाई ५ मिनेट तातो पानीमा डुबाएर राख्नुस । यसबाट ब्लेडमा लागेका जम्र्सहरु समाप्त हुन्छन् र ब्लेडले राम्ररी काम गर्छ ।
यसरी खौरिनुस
के तपाईंलाई दाह्री खौरिनासाथ खटिरा निस्किने समस्या छ ? यदि छ भने जहिले पनि दाह्री माथिबाट तल खौरिनुस, तलबाट माथि होइन । उल्टो दिशामा दाह्री खौरिदा छाला पाछ्ने डर हुन्छ र यसले गर्दा खटिरा निस्किन्छ । साथै, रेजरलाई आरामले चलाउनुस, हतारमा होइन । सेभिङमा हतार गर्दा त्वचालाई नोक्सानी पुग्छ सक्छ ।
आफ्टर शेव लगाउने
सेभिङ गरिसकेपछि आफ्टर सेभ लोसन वा स्प्रे लगाउन नबिर्सिनुस । यसो गरेमा दाह्री बनाएपछि अनुहारमा रहने जम्र्स र ब्याक्टेरियाले अनुहारर्लाइ नोक्सानी पुर्‍याउन सक्दैनन् । यदि तपाईंलाई आफ्टर सेभ लगाउँदा धेरै जलन हुन्छ भने फिटकिरीको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages