करण, बसन्त र आरिफमाथि लाग्यो डेढ लाखको बोली - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Wednesday, February 21, 2018

करण, बसन्त र आरिफमाथि लाग्यो डेढ लाखको बोली

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी र बसन्त रेग्मीसँगै आरिफ शेखमाथि डेढ लाख रुपैयाँको बोली लागेको छ ।

बुधबार काठमाडौंमा आयोजित अक्सनमा डिभिजन टूमा राम्रो प्रदर्शन गरेका खेलाडीहरुमाथि अधिकतम बोली लागेको थियो र एक भन्दा बढी टिमले दाबी गरेपछि गोलाप्रथा गर्नुपरेको थियो ।
क्यानडाविरुद्ध नेपाललाई सनसनीपूर्ण जित दिलाएका करणसँगै आरिफ शेख महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् । गोलाप्रथाबाट विराटनगर किंग्सले बसन्त रेग्मी पाउँदा सागर पुन रुपन्देही च्यालेन्जर्सको पोल्टामा परेका छन् ।
सागर मात्र एक्ला खेलाडी हुन्, जसले डिभिजन टू नखेले पनि सर्वाधिक मूल्यको बोली लाग्यो ।
पृथु बाँस्कोटालाई विराटनगर र नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले १ लाख २० हजारमा भित्र्याएको छ ।
डिभिजन टूमा चम्किएका रोहितकुमार पौडेल महेन्द्रनगर युनाइटेडमा आवद्ध भएका छन् । चार टिमले उनीमाथि अधिकतम सीमा १ लाखको बोली लगाएपछि गोला हानिएको थियो, जसमा महेन्द्रनगर युनाइटेड भाग्यमानी ठहरियो ।
टिम चौराहाले विजय राना, योगेन्द्र सिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुुनील धमलालाई एक लाखमा भित्र्याएको छ । रुपन्देही च्यालेन्जर्सले विक्रम सिंह भुसाल, सुशन भारी र सिद्धान्त लोहनीमाथि १ लाखको बोली लगाउँदा महेन्द्रनगर युनाइटेडले भुवना कार्कीलाई त्यति नै मूल्य तिरेको छ ।
काठमाडौं गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो, साहव आलमलाई एकएक लाखमा अनुवन्ध गरेको छ भने सीवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई एक लाखको बोली लगाएको छ ।
यस्तै डीपीएल टिम बिराटनगर किङ्ग्सले पवन शर्राफ, रामनरेश गिरी, शौरभ खनाल, दिलिप नाथ र अनिलकुमार साहमाथि एकएक लाखको बोली लगाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages