बच्चालाई कसरी जंकफुडबाट बाहिर निकाल्ने ? - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Wednesday, February 21, 2018

बच्चालाई कसरी जंकफुडबाट बाहिर निकाल्ने ?

अहिलेका बालबालिकाहरु घरमा पाकेको खानेकुराभन्दा जंक फुडमा रमाउँछन् । यस्ता बजारिया वस्तु खाँदा मिठा हुन्छन्, तर स्वास्थ्यका दृष्टिले हानीकारक ।
यदि तपाईंका बच्चाहरु पनि जंक फुडमा बानी परेका छन्, भने उनीहरुलाई यसबाट बाहिर निकाल्न ढिला नगर्नुस । अन्यथा दिर्घकालिन रुपमै उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्छ । यहाँ हामी तपाईंलाई केही सल्लाह दिँदैछौं, जसलाई अनुशरण गर्नुभयो भने आफ्ना बच्चालाई जंक फुडको मोहबाट बाहिर निकाल्न सक्नुहुन्छ ।

-घरमा यस्ता खानेकुराहरु राख्नुस, जुन स्वादिष्ट हुनुका साथै स्वाथ्यलाई पनि लाभदायक होस । जंक फुड सकभर राख्दै नराख्नुस । यदि राख्नुभयो भने बच्चाहरु पहिले त्यसैतर्फ आकषिर्त हुनेछन् ।
-बच्चालाई सबै परिवारसँगै डाइनिङ टेबलमा बसेर खाना खान बानी पार्नुस । बच्चाले जे कुरा खानलाई आनाकानी गर्छन्, त्यो उनीहरुकै अगाडि आफूले खाएर देखाउनुस । त्यसबाट मिल्ने पोषक तत्व र अन्य फाइदाहरुका विषयमा उनीहरुलाई बताउनुस । बिस्तारै विस्तारै स्वास्थ्यवर्द्धक कुराहरु खान दिनुस । ती चिजहरु सुरुमा चाख्न मात्र लगाउनुस । बिस्तारै बिस्तारै उनीहरु यसमा लोभिन थाल्छन् ।
-यदि बच्चाले स्वास्थ्यवर्द्धक कुराहरु जस्तै, सागपात, फलफुल, दूध आदि खान आनाकानी गर्छन् भने अरु उपाय लगाएर भए पनि उनहिरुर्लाइ ती चिजहरु खान दिनुस । जस्तै यदि बच्चाले गाजर र पालुंगोको साग खान रुचाउँदैनन् भने यिनीहरुको सुप हालेको आँटाबाट रोटी पकाएर खुवाउनुस ।
-खाइरहेको बेला बच्चालाई कहिले पनि हप्किदप्की नगर्नुस । त्यसो गर्नुभयो भने बच्चा जति सक्दो छिटो डाइनिङ टेबलबाट उठ्ने ध्याउन्नमा लाग्छ । यसले उनीहरुलाई मनोवैज्ञानिकरुपमै असर गर्न सक्छ ।
-खानेकुराहरु किन्न जाँदा बच्चालाई पनि साथमा लिएर जानुस । यसबाट बच्चाहरुको खानपिनको बानी तपाईंले थाहा पाउन सक्नुहुनेछ भने फुड न्यूटि्रसनको बारेमा पनि तपाईंले उसँग कुरा गर्न सक्नुहुनेछ ।
-भात, दाल, रोटीभन्दा बच्चाहरु पिज्जा, बर्गर, नुडल्स, चिप्स आदि खान रुचाउँछन् । यी कुराहरु बच्चाहरुलाई सकभर खान नदिनुस । यद्यपि एकैपटक उनीहरुलाई यी चिजबाट अलग्याउन सकिँदैन । त्यसैले बिस्तारै क मगर्दै जानुस । उनीहरुले रुचाउने बजारिया खानेकुराहरु यदि घरमै बनाउन सम्भव छ भने त्यो प्रयास गर्नुस । घरमै बर्गर र पिज्जा बनाउनुस र तिनीहरुमा बढिभन्दा बढि हरियो सागपात समावेश गर्नुस । बच्चाका लागि दिनभरीमा कुनै एक चिज जैतुनको तेलमा पकाउनुस ।
-रेडिमेड डि्रंक जतिसुकै हानिकारक भए पनि बच्चाले नखाई छोड्दैनन् । त्यसको साटो उनीहरुलाई घरमै डि्रंक बनाएर खुवाउने गर्नुस । स्कुलबाट आएपछि कागति पानी खान दिनुस । यदि उसले दुध पिउन मानेन भने लस्सी, मिल्क सेक, फ्रेट सेक, बनाएर पिलाउनुस । बच्चालाई बढिभन्दा बढि मात्रामा पानी पिउन लगाउनुस ।
-स्कुलका टिफिन बक्समा हरेक दिन बच्चाहरुलाई केही नयाँ कुरा राखिदिनुस । तर, ती चिजहरु पोषक तत्वबाट भरिपूर्ण हुनुपर्छ । हप्तामा एक-दुई दिन ती चिजहरु पनि टिफिन बक्समा राखिदिनुस जुन बच्चाहरुले घरमा खान रुचाउँदैनन् । स्कुलमा साथीहरुका साथ खाँदा उनीहरुले ती खानेकुरा खानेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages