७ करोड लगानीमा हेटौंडामा हृयाचरी उद्योग - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Wednesday, February 21, 2018

७ करोड लगानीमा हेटौंडामा हृयाचरी उद्योग

छिमेकी जिल्लाका युवाहरुको सहकार्यमा मकवानपुरमा ७ करोड रुपैयाँको लगानीमा हृयाचरी उद्योग सञ्चालन भएको छ ।

मकवानपुरका दुई र छिमेकी बाराका एक युवा व्यवसायीहरुको समूहले हेटौंडा उपमहानगरपालिका १८ हर्नामाडिमा उद्योग सञ्चालन गरेका हुन् ।
जिल्लामा कुखुरा पालक कृषकको संख्या बढ्दै जाँदा तत्कालै कुखुराको चल्ला सहज रुपमा नपाइने भएकाले उनीहरुले आफ्नै लगानिमा हृयाचरीसहितको पोल्ट्री र्फम सञ्चालन गरेका हुन् ।
मकवानपुरमा हप्तामा एक लाख ५० हजार चल्ला माग हुँदा छिमेकी जिल्ला चितवन र काठमाडौंमा उत्पादन हुने चल्ला सहज रुपमा नपाउँदा किसान मारमा परेको अवस्थामा उनीहरुको समूहले हप्तामा २० हजार चल्ला उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
अहिले मकवानपुरमा हप्तामा १ लाख ५० हजार चल्लाको माग रहेको बताइएको छ । उद्योगको उत्पादनले १२ प्रतिशत हिस्सा ओगट्ने उद्योगले जनाएको छ ।
हेटौंडाका व्यवसायी सुनिल अधिकारी, बिष्णु अधिकारी र बाराका तुलसी लामिछानेल साढे २ विगाह क्षेत्रफलमा उद्योग र र्फम स्थापना गरी हेटौंडा पोल्ट्री एण्ड हृयाचरी प्राली उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगले एक महिनामा ८० हजार गुणस्तरीय चल्ला उत्पादन गर्ने र उत्पादन मकवानपुरसहित छिमेकी जिल्ला बारा, पर्सा रौतहट र चितवनका किसानमाझ पुर्‍याउने सञ्चालक सुनिल अधिकारीले बताए ।
दुई वर्ष अघिबाट उद्योग सञ्चालनको लागि काम थालेका उनीहरुले श्रीलंकाबाट ल्याएको क्लासिक हबवर्डबाट उत्पादित अण्डाबाट चल्ला निकाल्ने बताइएको छ ।
उनीहरुले अण्डा उत्पादनका लागि ५ हजार चल्ला प्रतिगोटा छ सय ७० रुपैयाँको दरले खरिद गरी हेटौंडा ल्याएको सञ्चालक अधिकारीले बताए ।
व्यवसाय बिस्तारको लागि थप चल्ला थाइल्याण्डबाट ल्याउने प्रकृया थालिसकिएको र आउँदो फागुनमा कप ५ सय नामको ५ हजार चल्ला आउँने बताइको छ ।
उद्योगको लगानी २० करोड सम्म पुग्नेे सञ्चालकहरुले बताएका छन् । अहिले उद्योगबाट प्रत्यक्ष रुपमा १२ जनाले रोजगारी पाएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages