यस्ता हुनेछन् सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Thursday, February 22, 2018

यस्ता हुनेछन् सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स

ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता सामसुङले आफ्ना आसन्न दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने यसअघि नै प्रष्ट पारिसकेको छ ।ग्यालेक्सी एस नाइन प्लसमा एन नाइनमा भन्दा ठूलो स्क्रिन रहने बताइएको छ ।


आगामी फेब्रुअरी २५ बाट सुरु हुने मोबाइल वल्र्ड कंग्रेसका अवसरमा सामसुङले यी दुई स्मार्टफोन सार्वजनिक गर्ने र मार्च महिनादेखि बजारमा पठाउन सक्ने अनुमान गरिएको छ ।यी स्मार्टफोन ग्यालेक्सी एस एट भन्दा महंगो हुने बताइएको छ ।स्मार्टफोनको लुक्स ग्यालेक्सी एस एटसँगै मिल्दोजुल्दो हुनेछ । यसमा १८ः५ः९ एस्पेक्ट रेसियोवाला पातलो भेजन स्क्रिन रहनेछ ।पछाठिपट्टि फिंगरप्रिन्ट सेन्सर किनाराको साटो क्यामराको तल बीच भागमा रहनेछ । एस नाईन स्मार्टफोनमा ५.८ इन्चको क्यूएचडी प्ल्स एमोलेड स्क्रिन रहनेछ । नाइन प्लसमा ६.२ इन्चको स्क्रिन हुनेछ ।सामसुङले आफ्ना आगामी दुई स्मार्टफोनमा अहिलेसम्मकै उत्कृष्ट प्रोसेसर राख्नेछ । स्मार्टफोनमा क्वालकोम स्नेपड्रागन ८४५ का साथै कतिपयमा सामसुङकै एक्जीनोस ९८१९ प्रोसेसर हुनेछ ।एन नाइनमा ४ जिबी र एस नाइन प्लसमा ६ जिबीको र्याम हुने बताइएको छ । दुबै स्मार्टफोनमा ६४ जिबी तथा १२८ जिबीको इन्टर्नल स्टोरेज रहनेछ ।समाचार अनुसार सामसुङले आफ्ना यी नयाँ स्मार्टफोनमा आइफोन एक्सका जस्तै केही फिचर पनि राख्ने बताइएको छ । जसमा थ्री डी इमोजी, फेस अनलक सेक्योरिटी फिचर तथा फ्रन्ट फेसिंग स्टिरियो स्पिकर्स रहनेछन् ।स्मार्टफोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा रहनेछ जसमा सुपर स्लो मोसनको फिचर पनि रहनेछ ।ग्यालेक्सी एस नाईन प्लसमा डुअल क्यामरा हुनसक्ने बताइएको छ । जसमा दोश्रो क्यामरा १२ मेगापिक्सेल सेन्सरका साथमा फिक्स अपर्चरवाला हुनेछ । साथै ८ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । जसमा सेल्फीका लागि केही नविनतम फिचर्स पनि रहनेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages