‘सपना विश्वकप नै हो, छनोटमा पुग्दा धेरै खुसी छौं’ - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Sunday, February 18, 2018

‘सपना विश्वकप नै हो, छनोटमा पुग्दा धेरै खुसी छौं’

विश्वकप छनोटमा स्थान बनाउन सफल भयौं । फाइनलमा चुक्यो । समग्रमा कस्तो रह्यो डिभिजन टू ?

नेपाली क्रिकेटलाई माया गर्ने सबैले पछिल्लो एक सातालाई याद गर्नेछन् । खेलाडीका रुपमा हामीले राम्रो क्रिकेट खेल्यौं ।
पहिलेदेखि भन्दै आएको थिए कि हाम्रा खेलाडीहरुमा क्षमता छ । यो पटक टिम स्पिरिट पनि राम्रो थियो र हरेक दिन नयाँनयाँ म्याच विनर थियो । यसले सबै जना उत्साहित थिए । खुसी छौं, विश्वकप छनोटमा पुगेका छौं ।
आगामी दिनमा विश्वकप खेल्ने सपना छ । अहिलेका लागि भने विश्वकप छनोटमा पुगेका छौं, यसमा धेरैधेरै खुसी छौं ।
नयाँ युवा खेलाडीहरुको प्रदर्शनलाई कसरी लिनु भएको छ ?
उमेर नै हेर्ने हो भने नेपाली क्रिकेट युवा टिम नै हो चार पाँच जना बाहेक । सबैभन्दा महत्वपूर्ण कुरा युवाहरु र सबैले चाहेको बेला प्रदर्शन गरे । समग्रमा प्रतियोगितामा सबै खेलाडीको उत्तिकै योगदान थियो ।
युनियर खेलाडीहरुले राम्रो गरे । यो नेपाली क्रिकेटको भविश्यका लागि राम्रो संकेत हो । आश गरौं, यो गति बनाएका छौं, आगामी दिनमा अझ राम्रो क्रिकेट खेलेर अझ माथि पुर्याउन सकोस् ।
क्यानडासँग १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । त्यसबेला तपाईको मनमा के चलिरहेको थियो ?
हामीले त खेलहार्‍यौं भनेर सोचिसकेका थियौं । क्रिकेटको जुन एउटा पोजिसन हुन्छ, त्यो अवस्थामा एकदमै कम जित्न सक्थ्यौं । तर, सलाम ! करण र सन्दिप ।
यो प्रतियोगितामा पहिलो खेलदेखि नै यस्तो रह्यो । पहिलो खेल बसन्त र सन्दिपले जिताए । केन्यासँग पनि लास्ट ओभरमा पुगेर जित्यौं । क्यानाडाविरुद्ध ५१ रन बाँकी हुँदा गाह्रो छ जस्तै लागेको थियो । तर, रन बढ्दै गएर ३० भन्दा कममा आएपछि जितिन्छ कि क्या हो भन्ने भयो ।
हामीले धेरै मेहनत गरेका थियौं, वर्षौंको मेहनत स्वरुप जुन खालको इनिङहरु खेल्यो करणले, सलाम !
यो प्रतियोगितामा केही अपेक्षा गरिएका खेलाडीहरुले त्यसअनुसार प्रदर्शन गर्न नसक्दा केही गाह्रो भएको हो ?
हेर्नुस्, खेलाडी चल्ने नचल्ने भन्दा पनि टिमको प्रदर्शन हो । व्यक्तिगत रुपमा जसले जति राम्रो गरेपनि टिम छनोटमा नपुगेको भए ठूलो अर्थ हुन्नथ्यो । त्यसैले खेल हो, सँधै सबैको राम्रो प्रदर्शन हुन्छ भन्ने छैन ।
यहाँसम्म आइपुग्न टिमका हरेक सदस्यले योगदान दिएका छन् । सिनियर जुनियर भन्दा पनि नेपाल टिम भएर खेलेका छौं । नेपाल टिम भएर खेलेपछि सबै उत्तिकै जिम्मेवार छौं ।
फाइनलमा यूएईसँग हार्‍यौं। हार पक्कै मिठो हुँदैन तर, यसले विश्वकप छनोटमा केही सहज समूहमा परेको हो ?
विश्वकप छनोटमा कमजोर र बलियो टिम भन्ने छैन । समूह ए र बी दुबैका टिम उत्तिकै बलियो छन् । फाइनल हामीले जित्नका लागि नै खेलेका थियौं तर, दुर्भाग्यबस हार्‍यौं। आगामी दिनमा हामीले राम्रो क्रिकेट खेल्नै पर्छ ।
तर, विश्वकप तयारीका लागि त हामीसँग समय कम छ
नियमित क्रिकेट खेलिरहेका छौं । ३-४ दिनपछि फेरि प्रशिक्षण सुरु गर्छौं । क्रिकेटकै माहोलमा बसिरहेका छौं, खेलिरहेका छौं, यसले फर्मलाई कायम राख्न मदत गर्छ ।
खेलाडीका रुपमा हामी अझ राम्रा प्रदर्शन गर्न कोसिस गर्छौं । नेपाल क्रिकेटलाई खेलाडी र प्रशिक्षकले जुन तरिकाले धानिरहेका छन्, हाम्रा लागि चुनौती भनेको क्रिकेट संघको विवादलाई चाडो सुल्झाउनुपर्छ । जुन अन्तिमको अल्टिमटम पाएका छौं । क्रिकेट संघको विवादलाई जसरी भएपनि सुल्झाउने हो भने आगामी दिनमा अझ राम्रो नतिजा ल्याउन सक्छौं ।
टिमहरुको अध्ययन गर्छौं र तयारीमा जुट्ने हाम्रो योजना छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages