क्रिकेटर करणको आग्रह : जितेपछि पैसा होइन, जित्नका लागि लगानी गर्नुस् - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Wednesday, February 21, 2018

क्रिकेटर करणको आग्रह : जितेपछि पैसा होइन, जित्नका लागि लगानी गर्नुस्

डिभिजन टूमा क्यानडाविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाउँदा करण केसी नायक बने । अहिले नेपाली टोलीका अरु सदस्यसँगै उनलाई सम्मान थाप्न भ्याइनभ्याइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै कार्यक्रम गरेर जनही ३ लाख रुपैयाँ दिने घोषणा गरे ।

विभिन्न ठाउँमा सम्मानका कार्यक्रम चलिरहेको छ । करण केसी बुधबार गृहनगर पोखरामा पुग्दा सम्मानित भए । प्रदेश सरकारले एक लाख दिने बताएको छ ।
तर, करणको आग्रह छ, जितेर आउँदा पैसा दिएर हुँदैन, जित्नका लागि लगानी गर्नुस् ।
जितेर आएपछि दिइने नगदले ऊर्जा त थप्छ तर, निरन्तर ऊर्जाका लागि यसरी नहुने उनी बताउँछन् ।
‘खेल जितेर आउँदा मात्रै पैसा दिएर हुँदैन, सधैं जित्ने बनाउनका लागि लगानी चाहिने हो’ करणले अनलाइनखबरसँग भने, ‘आर्थिक संकटमा अभ्यास गर्नुपर्छ अनि जितेर आएको रकमले मात्रै कसरी क्रिकेटको निरन्तर विकास हुन सक्छ ?’
क्रिकेट खेलाडीको भविश्य नै अर्थसँग जोडिएको उनी बताउँछन् । ‘आर्थिक संकटकै कारण म पनि विदेश जाने सोचमा थिएँ’ उनले भनेका छन् ‘क्रिकेटमा राम्रो लगानी र खेलाडीको भविष्य ढुक्क भयो भने नेपालले राम्रो गर्न सक्छ ।’
जबसम्म क्रिकेटले असल नेतृत्व पाउँदैन र आन्तरिक विवाद मिल्दैन, तबसम्म खेलाडीको आत्मबलले बाहेक अरुले क्रिकेटको विकास हुन्छ जस्तो लाग्दैन ।
नेतृत्वविहीन नेपाली क्रिकेट
नेपाली क्रिकेटमा समस्या त थुप्रै छन् तर, नेतृत्वविहीन हुनु चाहिँ मुख्य समस्या भएको करणको बुझाइ छ ।
क्रिकेट संघको आन्तरिक खिचातानीको शिकार खेलाडी हुनु परेकोमा उनलाई दुख लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निलम्बनमा पर्नु र नेपाली क्रिकेटको विकास तथा प्रवर्द्धनका लागि अर्कों संस्था नहुनु दुखद भएको उनी बताउँछन् ।
‘जबसम्म क्रिकेटले असल नेतृत्व पाउँदैन र आन्तरिक विवाद मिल्दैन, तबसम्म खेलाडीको आत्मबलले बाहेक अरुले क्रिकेटको विकास हुन्छ जस्तो लाग्दैन,’ करणले भने ।
‘हाम्रो नेतृत्व गर्ने कुनै संस्था सक्रिय छैन । हामी विवादकै बीच क्रिकेट खेलिरहेका छौं भन्नु पर्दा कसलाई रमाइलो लाग्ला र ?’ क्रिकेटर करणले दुखेसो छ ।
गतिलो खेल मैदान, निरन्तर खेल हुने हो र नयाँ पुस्तालाई पनि यसमा इन्गेज गराउने हो भने नेपाली क्रिकेट अझ माथि उठ्ने उनको विश्वास छ ।
सानैदेखि क्रिकेटको अभ्यास चाहिन्छ
नयाँ पुस्तालाई क्रिकेट अभ्यास गराउन उनकै नेतृत्वमा पोखरा राइजिङ पोखरा क्रिकेट एकेडमी खुलेको थियो । करणले नयाँ पुस्तालाई क्रिकेटमा आकषिर्त गराउन र प्रतियोगितामार्फत खेलको अभ्यास गराउने सोचले एकेडेमी खोलेका हुन् ।
तर, राष्ट्रिय टिममा रहेर निरन्तर अभ्यास गर्नुपर्ने भएपछि एकेडेमीलाई समय दिन भ्याएका छैनन् । ‘केही भाइहरुले एकेडेमीमार्फत क्रिकेट सिक्दैथिए,’ करणले भने, ‘उनीहरुले क्रिकेट अभ्यास गर्ने नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रमा सरकारी अफिसहरु आएपछि त्यहाँको मैदान बन्द भएको छ ।’
नगर विकास प्रशिक्षण केन्द्रमा अहिले प्रदेशसभा सञ्चालन भएपछि यहाँको मैदान बन्द भएको हो ।
राम्रो क्रिकेट खेल्नका लागि सानै उमेरदेखिको अभ्यास चाहिने करण बताउँछन् । नयाँ पुस्ता उत्पादन गर्न सानैदेखि क्रिकेट अभ्यासमा लगाउने पर्ने उनको अनुभव छ । ‘ठूलो भएपछि खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा पर्नु धेरै कठिन कुरा हो’ करणले भने, ‘त्यसैले सानै उमेरदेखि क्रिकेटको स्कुलिङ हुनुपर्छ ।’
राष्ट्रिय टोलीका नियमित सदस्य करणले अघि भने, ‘क्रिकेटमै रहन सकुँ, एकेडेमीलाई बढाउन सकुँ र नेपाली क्रिकेटलाई योगदान दिन सकुँ । यत्ति हो मेरो सपना ।’

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages