तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Monday, February 19, 2018

तेन्जिङ नोर्गे र उदितनारायण बन्दिन : सन्दिप लामिछाने

७ फागुन, चितवन । सन्दिप लामिछाने नेपाली क्रिकेटका उदयमान प्रतिभा हुन्, जसले १७ वर्षको उमेरमा नै आईपीएल टिममा आवद्ध हुने मौका पाएका छन् ।
आईपीएलमा आफ्नो नाममा बोली लाग्दा उनी डिभिजन टूको तयारीका लगि दुबईमा थिए । त्यहीँबाट नामबिया पुगे र नेपाललाई विश्वकप छनोटमा स्थान पक्का गराएर शनिबार मात्र स्वदेश फर्किएका छन् ।
सोमबार गृहनगर चितवनमा ओर्लिँदा समर्थक र सुभेच्छुकबाट घेरिएका सन्दिपले एउटा अनपेक्षित प्रश्नको सामना गर्नुपर्‍यो । प्रश्न थियो, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र गायक उदितनारायण झा चर्चित बनेसँगै भारत भाँसिए । सन्दिपले भोलि त्यो गर्दैन भन्ने के छ र ?
१७ वर्षे सन्दिप झस्किए । केही नर्भस जस्तो देखिए । तर, प्रष्ट शब्दमा भने, ‘मेरो लागि देशभन्दा ठूलो केही छैन । म त्यो परिकल्पना गर्न पनि सक्दिन ।’
उनले अघि भने, ‘यदि नेपालबाट नखेलेको भए म यहाँसम्म नपुग्न सक्थेँ । किनभने नेपालका लागि खेलेँ र सबैले चिने । त्यसैले म आफ्नो बेस कहिल्यै बिर्सन्न ।’
स्याङ्जामा जन्मिएका बाल्यकालमै बाबुसँग भारत पुगेका सन्दिपले त्यहीँ क्रिकेटको सामान्य ज्ञान लिएका थिए । १२/१३ बर्षको उमेरमा नेपाल आएर चितवन क्रिकेट एकेडेमीमा आवद्ध भएका उनी नेपालको तत्कालीन प्रशिक्षक पुवुदु दशानायकेको नजरमा परेपछि पछि फर्कनुपरेको छैन ।
राष्ट्रिय टोलीमा डेब्यू गरेसँगै अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कको साथ पाए । आफ्नो प्रदर्शनलाई तिखार्दै लगेका उनी आईपीएल टिमदिल्ली डेयरडेभिल्समा अवद्ध भएका छन् । आईपीएलमा पुग्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।
प्लेइङ लिष्टमा पर्नेमा आशावादी छु
सन्दिपले आईपीएलमा दिल्ली डेयर डेभियर्सका तर्फबाट प्लेइङ लिष्टमा पर्नेमा आशावादी रहेका बताए । डिभिजन टूमा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका सन्दिपको प्रदर्शनलाई आईपीएल टिमले लगातार पछ्याइरहेको छ ।
‘हरेक टिमले आफूले खेल जितोस् भन्ने चाहन्छ । कसलाई खेलाउँदा जितिन्छ भन्ने आधारमा प्लेइङ सूची तयार हुन्छ’ सञ्चारकमीृहरुसँग कुरा गर्दै सन्दिपले अघि भने, ‘दिल्लीको प्लेइङ सूचीमा म पनि पर्छु होला ।’
एकदिन आइपिएल खेल्छु भन्ने लागेको भए पनि यति छिट्टै हुन्छ जस्तो नलागेको उनले सुनाए ।
छनोट चरण पार गर्दैै नेपाल विश्वकपमा पुग्ने विश्वास आफूलाई रहेको सन्दिपले बताए । आगामी शनिबार नेपाली टोली छनौट प्रतियोगिता खेल्न जिम्बावे जाँदैछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसँगै छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages