विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव, अरु जिल्लाको अवस्था के छ ? - Rastriya Samachar

Rastriya Samachar

REGARDED AS A ONE OF THE TRUSTED ONLINE PORTAL OF NEPAL

Home Top Ad


Put your Ads Here

Post Top Ad

Responsive Ads Here

BREAKING NEWS

•केपी ओली ४१सौ प्रधानमन्त्रीको रुपमा नियुक्त •शेयर बजारमा बिहीवार ३६ अंकको बृदि | • नेपालले विश्वकप छनौट खेल्ने

Monday, February 19, 2018

विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव, अरु जिल्लाको अवस्था के छ ?


८ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।
विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो ।

अप्रिय घटना केही भएको छैन । गाडीहरु पनि चलिरहेका छन् ।’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म अवस्था सामान्य छ ।
नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ ।
बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।

माेरङमा ४ जना पक्राउ
कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार, विप्लवका कार्यकर्ताले सशस्त्र प्रहरीको ट्रक र अर्को एउटा बसमा ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको पुगेको छ ।
धनुषाको जनकपुरधाममा बन्दको प्रभाव परेको छैन । यातायातका साधन चलिरहेका छन् । निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् ।
पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलिरहेका छन् । वीपी राजमार्गमा छोटो दुरीका सवारी साधन चले पनि बर्दिवासबाट काठमाडौंतर्फ आउने गाडी चलेका छैनन् ।
मकवानपुर ठप्प: राजमार्गमा सवारी गुडेनन्, हेटौंडामा बम 
मकवानपुरमा भने विप्लवको बन्दको प्रभाव परेको छ । राजमार्ग क्षेत्रमा सवारी चलेका छैनन् भने हेटौंडाका उद्योग तथा कलकारखाना बन्द छन् । शैक्षिक संस्थामा पठन–पाठन भएको छैन ।
मकवानपुरबाट अनलाइनखबरकर्मी राजन दाहालले दिएकाे जानकारी अनुसार,  बजार क्षेत्रमा सुरक्षालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नभए पनि हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा प्रेसरकुकर बम फेला परेको छ । बम राखिएको सूचना पाएसँगै प्रहरीले उक्त स्थानलाई घेरा हालेर राखेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।
पोखरामा भने बन्दको प्रभाव छ । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा जोडिएको पोखरामा कुनै पनि गाडी आउजाउ गरेका छैनन् । सधैं व्यस्त रहने पर्यटकीय नगरी पोखरा मंगलबार बिहानैदेखि सुनसान छ ।
रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । बुटवलमा साना गाडीहरु चलिरहे पनि ठूला तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । बजार, पसल, स्कुल कजेलहरु सबै बन्द छन् ।

यता, बाँके पनि बन्दले प्रभावित बनेको छ । यहाँ अत्यावश्यकीयबाहेकका सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि बन्ददेखि डराएका छन् ।
दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही भएको छैन ।
सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।

भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । हिले–भोजपुर सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरू पनि खुलेका छैनन् । गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छ ।
यसैगरी कैलालीको धनगढीमा बन्दको खासै प्रभाव परेको छैन । राजमार्गमा छोटा दुरीका सवारी साधनहरू चलिरहेका छन् ।

1 comment:

Post Bottom Ad

Responsive Ads Here

Pages