अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र अपराधका घटनामा कमी आउने थियो ।
चीनमा पुलिसहरुले अपराधी पहिचान गर्नसक्ने स्मार्ट चश्मा लगाउन सुरु गरेका छन् ।
हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामरा भएको चश्मा पुलिसलाई दिन सुरु गरिएको छ ।
यो चश्माको सहायताले प्रहरीलाई कसूरदार पहिचान गर्न तथा पक्रिन सघाउ पुग्नेछ ।
चीनमा अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुलाई यस्तो चश्मा वितरण सुरु गरिएको र हालसम्म सोही चश्माको सहायताले प्रहरीले कम्तिमा ७ जना अपराधी पक्रिन सफल भएको बताइएको छ ।
झियांगसू प्रान्तको सेन्ट्रल रेल स्टेसनमा केही प्रहरीहरु यो हाइटेक चश्मा लगाएर गस्तीमा खटिने गरेका छन् ।
स्मरणरहोस्, चीन अहिले विश्वमा अनुहार पहिचान गर्नसक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा रहेको छ ।
यो चश्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्दछ । यसलाई वायरलेस चिपको सहायताले चाइना पुलिसको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडिएको छ । जसका कारण यो चश्मा लगाएको पुलिसको आँखामा पर्ने व्यक्तिको अनुहार पुलिसको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग रुजू गर्दछ । यदि कुनै अपराधीसँग मेल खाएमा त्यसको तत्कालै सम्ब्न्धित पुलिसले जानकारी प्राप्त गर्दछ र तत्कालै उक्त व्यक्तिलाई पक्राउ गर्न सक्दछ ।
Post Top Ad
Responsive Ads Here
BREAKING NEWS
Monday, February 19, 2018
Home
Unlabelled
आयो स्मार्ट चश्मा, जसले अपराधी पत्ता लगाउनेछ
आयो स्मार्ट चश्मा, जसले अपराधी पत्ता लगाउनेछ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Responsive Ads Here
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates which are professionally designed and perfectlly seo optimized to deliver best result for your blog.

No comments:
Post a Comment